हाम्रो काम
एकसाथ, हामी चक्र तोडिरहेका छौँ
हाम्रो मिसन भनेको सेवा र शिक्षाकाे माध्यमद्वारा समाजमा ब्याप्त गरीबी, अशिक्षा र न्यून अपेक्षाको चक्र तोड्नु हो । हामी अमेरिकाका सुविधा-वञ्चित स्कुलहरूमा Service Learning Programs (सेवा शिकाइ कार्यक्रमहरू) को माध्यमबाट चक्र तोडिरहेका छौँ र विश्वका आर्थिक हिसाबले विपन्न केही देशहरूमा िवद्यालय भवनहरू निर्माण गरिरहेका छौँ ।
हामी कहाँ कार्यरत छौँ
अमेरिकाका सबैभन्दा सुविधा–वञ्चित शहरी माध्यमिक विद्यालयदेखि विश्वका आर्थिक हिसाबले सबैभन्दा विपन्न देशहरूसम्म, हामी आशा र अवसर निर्माण गर्छौं जहाँ यसको सबैभन्दा बढी आवश्यकता छ ।
- Global locations
हाम्रो प्रभाव
अमेरिकी विद्यार्थीहरूले घण्टा सेवा प्रदान गरेको
विद्यार्थीहरू buildOn सेवा कार्यक्रमहरूमा सक्रिय
buildOn विद्यार्थीहरूको माध्यमिक तह उत्तीर्ण गर्छन्
हाम्राकार्यक्रमहरू
अमेरिकी युवाहरूलाई हामी सेवा र िवद्यालय भवन निर्माण मार्फत उनीहरूकाे समुदाय र िवश्व र अाफैलाइ परीवतर्न गर्न सशक्तीकरण गर्दछौँ ।
हामी गर्ने हरेक कार्यको चुरो नै सेवा हो ।अमेरिकाका सबैभन्दा सुविधा–वञ्चित शहरी समुदायदेखि विश्वका आर्थिक हिसाबले सबैभन्दा विपन्न देशहरूसम्मका मानिसहरूलाई हामी उनीहरूको समुदायको सबैभन्दा विकराल समस्याहरूलाई प्रत्यक्ष कार्यको माध्यमबाट हल गर्न सशक्तीकरण गर्दछौँ । यो हामीले सेवा गर्ने विद्यार्थी र परिवारका लागि के गर्छौँ भन्ने सवाल होइन, यो त उनीहरूले आफ्नो समुदाय, हाम्रो संसार र आफ्नो लागि के गर्छन्, त्यो कुरा मुख्य विषय हो ।
हामी गरीबी र अशिक्षा सम्बन्धी चुनौतीहरूको सबैभन्दा नजिक रहने व्यक्तिहरूले नै यी समस्याहरूको सम्बोधन गर्ने सबैभन्दा उपयुक्त स्थानमा हुन्छन् भन्ने कुरामा विश्वास गर्दछौँ । अमेरिकामा, यसको अर्थ युवाहरूलाई उनीहरूको समुदायमा रहेका सबैभन्दा ठूलो सरोकारको अनुसन्धान गर्न सशक्तीकरण गर्ने र उनीहरूलाई कदम चाल्ने अवसर प्रदान गर्ने हुन्छ । विश्वव्यापी रूपमा, हामी समुदायहरूका लागि स्कुलहरू निर्माण गर्दैनौँ, हामी स्थानीय बासिन्दाहरूलाई नेतृत्वदायी भूमिकामा राख्दै र सहकार्यात्मक सेवामा केन्द्रित निर्माण मोडेल अवलम्बन गर्दै समुदायहरूसँग मिलेर स्कुलहरू निर्माण गर्दछौँ ।
हाम्रो साझेदारहरूले हाम्रो कामलाई सम्भव बनाउँदछन्
गरीबी, अशिक्षा र न्यून अपेक्षाको चक्र तोड्नको लागि, हाम्रा साझेदारहरूको समर्थन अत्यावश्यक हुन्छ ।
हामीसँग साझेदारी गरौँ