हाम्रो बारेमा
हामी परोपकारी संस्था (च्यारिटी) होइनौँ । हामी एक अभियान हौँ ।
buildOn अभियान स्वयंसेवा र शिक्षाको माध्यमबाट गरीबी अन्त्य गर्न प्रतिबद्ध सबै पृष्ठभूमिका उत्साहित व्यक्तिहरूद्वारा सञ्चालित छ । एकसाथ, हामी देश र विदेशमा गरीबी, अशिक्षा र न्यून अपेक्षाको चक्र तोडिरहेका छौँ । के तपाईं हामीसँग सामेल हुनुहुनेछ ?
हामी के गर्छौँ
शिक्षा र सेवा हामीले गर्ने सबै कार्यको केन्द्िबन्दु हो । अमेरिकामा Service Learning Programs (सेवा शिक्षा कार्यक्रमहरू) मार्फत अमेरिकाका सुविधा–वञ्चित माध्यमिक स्कुलहरू र विश्वका केही आर्थिक दृष्टिले सबैभन्दा विपन्न देशका स्कुलहरू निर्माण गरेर हामी विश्वभरि गरीबी, अशिक्षा र न्यून अपेक्षाहरूहरूको चक्र तोड्न कटिबद्ध छौँ ।
buildOn US
हाम्रो Service Learning Programs (सेवा शिकाइ कार्यक्रमहरू) ले गहन स्थानीय सेवाको माध्यमबाट समुदायहरूलाई उत्थान गर्न सुविधा–वञ्चित शहरी क्षेत्रमा विद्यार्थीहरूलाई परिचालन गर्दछ । हामी बोस्टन, सिकागो, डेट्रोइट, न्यूयोर्क, बे एरिया र ब्रिजपोर्ट, कनेक्टिकट सहित छ वटा अमेरिकी क्षेत्रका 400 माध्यमिक विद्यालयहरूमा कार्यक्रमहरू सञ्चालन गर्दछौँ ।
थप जानकारी लिनुहोस्buildOn Global
हामी विश्वको आर्थिक रूपले सबभन्दा विपन्न देशका गाउँहरूलाई उनीहरूको समुदायमा शिक्षाको विकास गर्ने नेतृत्व लिन सशक्तीकरण गर्दछ । प्रत्येक दुई दिनमा हामी बुर्किना फासो, हाइटी, माली, मलावी, नेपाल, निकारागुआ र सेनेगल लगायत सात देशहरूमा नयाँ स्कुल निर्माण गर्दैछौँ । आजसम्म, हामीले 1,700 भन्दा बढी विद्यालयहरू निर्माण गरेका छौँ ।
थप जानकारी लिनुहोस्हाम्रो कार्यलाई सम्भव तुल्याउने मानिसहरूसँग भेट्नुहोस्
buildOn सेवा र शिक्षा गरीबी निवारणको लागि प्रतिबद्ध उत्साहित व्यक्तिहरूद्वारा सञ्चालित छ ।
हाम्रा संस्थापक हाम्रा कर्मचारी हाम्रो बोर्ड