शिक्षा एक महत्त्वपूर्ण मानव अधिकार हो

हामी गरीबी उन्मूलन गर्ने उत्तम उपाय भनेको सबै व्यक्तिहरूले गुणस्तरीय शिक्षामा पहुँच पाउने कुरा सुनिश्चित गर्नु हो भन्ने कुरामा विश्वास गर्छौं । यसैले विकासोन्मुख देशहरूमा buildOn ले स्थानीय बासिन्दाहरूलाई स्कुलहरू निर्माण गर्न, स्कुल बाहिर रहेका बालबालिकाहरूलाई भर्ना गर्न र प्रौढ शिक्षार्थीहरूलाई शिक्षा दिनमा सशक्तीकरण गर्दै ग्रामीण समुदायसँग साझेदारी गर्दछ ।


विश्वव्यापी प्रभाव

1841

विकासशील देशहरूमा स्कुलहरू निर्माण गरियो

249,985

बालबालिका र वयस्कहरू buildOn स्कुलहरूमा अध्ययनरत छन्

3.3मिलियन

समुदायका सदस्यहरूले स्वयंसेवा कार्य दिन योगदान गरेका

हामी कहाँ कार्यरत छौँ

हामी विश्वको आर्थिक रूपमा सबैभन्दा विपन्न आठ देशहरूमा स्कुल निर्माण गर्दछौँ, जसले लाखौँ बालबालिका, अभिभावक र हजुरबा हजुरआमालाई शिक्षामा पहुँच प्रदान गर्दछ ।

हाम्रो विश्वव्यापी अभियान

शिक्षा एक महत्त्वपूर्ण मानव अधिकार हो, यद्यपि चरम गरीबीमा बाँचिरहेका विश्वका अधिकांश मानिसहरू आधारभूत शिक्षाबाट वञ्चित छन् । हामी यसलाई परिवर्तन गर्न प्रतिवद्ध छौँ । विश्वका आर्थिक हिसाबले विपन्न देशहरूमा, buildOn ले स्थानीय बासिन्दाहरूलाई उनीहरूको समुदायमा शिक्षा र अवसर ल्याउनमा नेतृत्व लिनको लागि सशक्तीकरण गर्दछ । 

buildOn ले चार महादेशका विभिन्न आठ वटा देशहरूमा पर्याप्त कक्षाकोठा नभएका गाउँहरूसँग स्कुल निर्माण गर्ने काम गर्दछ । प्राय:जसो, विद्यार्थीहरू सबै मौसमी अवस्थामा झुपडीमा वा रूखमुनि बसेर पढिरहेका हुन्छन् वा उनीहरू हरेक दिन नजिकको विद्यालय पुग्न कोशौँ लामो यात्र गर्न बाध्य छन् । धेरैले कहिल्यै कक्षाकोठामा खुट्टा राखेका हुँदैनन् ।

उनीहरूको विद्यालयमा प्रवेश गर्नु अघि, समुदायका हरेक सदस्यले buildOn को प्रतिज्ञापत्र – buildOn र गाउँ बीच यस परियोजनामा ​​हाम्रो योगदानको रूपरेखा कोरिएको गहन प्रतिज्ञामा हस्ताक्षर गर्छन् । हामी इन्जिनियरिङ, सामग्री र दक्ष श्रममा योगदान दिन्छौँ । स्कुल निर्माण गर्न प्रत्येक गाउँलेले जग्गा, स्थानीय सामग्री उपलब्ध गराउँछन् र हप्तौँ श्रमदान गर्दछन् । प्रत्येक गाउँले समान संख्यामा छोरी र छोराहरूलाई पठाउने प्रतिज्ञा पनि गर्दछन् ।

स्कुल निर्माण सम्पन्न भएपछि, buildOn कर्मचारीले ध्यानपूर्वक निरीक्षण गरेर यसको सफलताको मूल्याङ्कन गर्दछन् । सहयोग, शिक्षा र लैङ्गिक समानताको प्रमाणित प्रतिबद्धता मार्फतआफ्नो प्रतिज्ञाको सम्मान गरिरहने समुदायहरूमा दोस्रा विद्यालयहरूको लागि विचार गरिन्छ ।

हाम्रो दिगो विधिले के सुनिश्चित गर्दछ भने स्कुलहरू समुदायको सहकार्यमा बन्दछन्, कुनै समुदायको लागि होइनकिनभने जसका साथ हामी काम गर्दछौँ ती वास्तविक साझेदारहरू हुन्, सहायता प्राप्त गर्ने लाभग्राही होइनन् । 

हाम्रा विश्वव्यापी कार्यक्रमलाई तपाईंको सहयोग चाहिन्छ

आजै योगदान गर्नुहोस्

हामीसँग स्कुल निर्माण गर्नुहोस्












A buildOn Trek is an adventure in service.

हाम्रो कार्यविधिका प्रमुख स्तम्भहरू

Before breaking ground on their school, every community member signs the buildOn Covenant—a solemn promise between buildOn and the village outlining our contributions to the project. We contribute engineering, materials, and skilled labor. Each village provides land, local materials, and the weeks of labor it takes to build the school. This approach ensures that schools are built with a community, not for a community.

हाम्रो प्रतिवद्धता

उनीहरूको विद्यालयमा प्रवेश गर्नु अघि, समुदायका हरेक सदस्यले buildOn को सम्झाैता पत्र – buildOn र गाउँ बीच यस परियोजनामा हाम्रो योगदानको रूपरेखा कोरिएको गहन सम्झाैता पत्रमा हस्ताक्षर गर्छन् । हामी इन्जिनियरिङ, सामग्री र दक्ष श्रममा योगदान दिन्छौँ । स्कुल निर्माण गर्न प्रत्येक गाउँलेले जग्गा, स्थानीय सामग्री उपलब्ध गराउँछन् र विद्यालय सम्पन्न नहुदासम्म  श्रमदान गर्दछन् । यस विधिले के सुनिश्चित गर्दछ भने स्कुलहरूको निर्माण समुदायको साथमा गरिन्छ, समुदायको लागि होइन ।