हामी आशा जगाउदछाैं हामी buildOn हौँ

परिवर्तनको वाहक बन्ने अवसर कहिल्यै नछुटाउनहोस्

हाम्रो मिसन भनेको सेवा र शिक्षाकाे माध्यमद्वारा समाजमा ब्याप्त  गरीबी, अशिक्षा र न्यून अपेक्षाको चक्र तोड्नु हो । हामी विद्यार्थीहरूलाई उनीहरूको समुदायहरूमा सेवा प्रदान गरेर र विकासशील देशहरूमा िवद्यालय भवनहरू निर्माण गरेर संसार परिवर्तन गर्न सक्ने उनीहरूको जन्मजात सम्भावनालाई मूर्त रूप दिन सघाउँछौँ ।

हामी एक अभियानको निर्माण गरिरहेका छौँ

हाम्रो U.S. Service Learning Program (अमेरिकी सेवा शिकाइ कार्यक्रम) ले न्यून स्तर प्रदर्शन गर्ने शहरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई उनीहरूको स्थानीय समुदायमा प्रभावकारी ढङ्गले प्रभाव पार्ने अवसर प्रदान गर्दछ । र हाम्रो Global School Construction Program (विश्वव्यापी विद्यालय निर्माण कार्यक्रममार्फतहाम्रा विद्यार्थीहरूले सेवा र शिक्षाले एक मजबूत समुदाय र एक उज्ज्वल भविष्य निर्माण गर्न सक्दछ भन्ने प्रमाणित गरेका छन् ।

हाम्रो कामको बारेमा थाहा पाउनुहोस्
cta icon

अमेरिकामा, हामी युवाहरूलाई हाम्रा शहरहरूमा सेवा गर्नका लागि सशक्तीकरण गर्दछौँ – ज्येष्ठ नागरिकहरू, घरबारबिहीन र कलिला बालबालिकाको सहयोग गर्न ।

cta icon

विश्वव्यापी रूपमा हामी हरेक दुई दिनमा आर्थिक हिसाबले संसारका सबैभन्दा विपन्न स्थानहरूका िवद्यालयहरूमा नयाँ भवनकाे िशलन्यास गर्दछौँ ।

cta icon

संसारभर हाम्रो प्रभाव वृद्धि गर्न हामी व्यवसाय र समुदायका अगुवाहरूसँगको साझेदारीमा काम गर्दछौँ ।

स्थायी परिवर्तन सिर्जना गर्ने

2.4मिलियन

अमेरिकी विद्यार्थीहरूले घण्टा सेवा प्रदान गरे

1841

आठ विकासोन्मुख देशहरूमा स्कूलहरू निर्माण गरिएका थिए

4847

विद्यार्थीहरू buildOn सेवा कार्यक्रमहरूमा सक्रिय छन्

249,985

विश्वभर buildOn स्कुलहरूमा विद्यार्थीहरू अध्ययन गरीरहेका छन्

सहयोग गर्ने थप तरिकाहरू हेर्नुहोस्

कदम चाल्नुहोस्

हाम्रो अभियानमा साथ दिनुहोस्: जहिलेसुकै पनि, जहाँकहीँ पनि

हामी गर्ने हरेक कार्यको चुरो नै सेवा हो । हाम्रो ONE buildOn सेवा परियोजनामा ​​सामेल हुनुहोस् र आजको सबैभन्दा जटिल समस्यामा हामीसँग क्रियाशील हुनुहोस् ।

हामीसँग सेवा प्रदान गर्नुहोस्